नेपाल पत्रकार महासंघ, कपिलवस्तु

संगठन निर्माण
जिल्लाबाट कुनै पत्रिका प्रकाशन नभएका बेलामा पनि राजधानी र देशका अन्य भागबाट प्रकाशित हुने पत्रिकामा समाचार सम्प्रेषण गरी पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने लहर चलेपछि कपिलवस्तुमा नेपाल प्रेस युनियन र प्रेस चौतारीका शाखा गठन गर्ने काम भएका थिए । जसअनुसार २०५५ सालमा प्रेस युनियन र २०५६ सालमा प्रेस चौतारीको कपिलवस्तु शाखा गठन गरिएको दुबै सस्थाका हालका अध्यक्षद्वयले बताउनु भएको छ ।

पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखा र सम्मेलन
पत्रकारिता क्षेत्रमा लाग्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएपछि २०५९ चैत्र २६ गते छरिएर रहेका पत्रकारहरुलाई एकत्रित गर्ने र कपिलवस्तु जिल्लामा पत्रकार महासंघको शाखा गठन गर्ने उद्देश्यले जिल्लाभरिका पत्रकारहरुलाई बोलाएर पहिलोपटक सामुहिक भेलाको आयोजना गरियो । २४ जना क्रियाशील पत्रकारको उपस्थिति रहेको उक्त भेलाले कपिलवस्तुमा कार्यरत तर रुपन्देही जिल्लाबाट महासंघको केन्द्रीय प्रतिनिधि रहनु भएका नारायणप्रसाद पौडेललाई शाखा गठनको पहल गर्ने जिम्मेवारी सुम्पेको थियो । तत्पश्चात् महासंघको विधानअनुसार प्रक्रिया पुरा गरी परेका आवेदनअनुसार पत्रकार महासंघको २०६०।८।१६ मा बसेको केन्द्रीय समितिको बैठकले २८ जनालाई महासंघको सदस्यता र कपिलवस्तु शाखालाई मान्यता प्रदान गरी सम्मेलन गर्नका लागि नारायणप्रसाद पौडेलको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गर्यो । तदर्थ समितिका सहसंयोजक टेकराज पौडेल, सचिव मनोज पौडेल, कोषाध्यक्ष सिर्जना सुवेदी र सदस्यहरुमा क्रमशः नेत्र पन्थी, सरोज अर्याल र गिरिराज घिमिरे रहनु भएको थियो । यही तदर्थ समितिलाई कपिलवस्तु जिल्लामा पत्रकार महासंघको संस्थापक समिति मान्नपर्ने हुन्छ ।

प्रथम जिल्ला सम्मेलन
महासंघको विधान अनुसार शाखा मान्यता पाएको ६ महिनाभित्र सम्मेलन गर्नुपर्ने भएपछि २०६१ साल असार ५ गते प्रथम जिल्ला सम्मेलन सम्पन्न भयो । महासंघका केन्द्रीय सचिव महेन्द्र विष्ट र दाङका वरिष्ट एवं सम्मानित पत्रकार नारायणप्रसाद शर्माको आतिथ्यतामा सम्पन्न सो सम्मेलनले नारायणप्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी निर्बिरोध निर्वाचन गर्‍यो । सो कमिटिको उपाध्यक्ष मनोज पौडेल, सचिव भेषराज पाण्डे, कोषाध्यक्ष भोजराज खनाल र सदस्यहरुमा नन्दराम पौडेल, सिर्जना सुवेदी, विकास बञ्जाडे, बनारसी वर्मा, सरोज अर्याल, नेत्र पन्थी र लक्ष्मणदेव पाण्डे रहनु भएको थियो । त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा इन्द्रमणि पौडेल, बाबुराम खनाल, टेकराज पौडेल, पार्वती पाण्डे र रामप्रसाद आचार्य निर्विरोध निर्वाचित हुनुभएको थियो ।

दोस्रो जिल्ला सम्मेलन
प्रथम सम्मेलन भएको केही महिनापछि महासंघले केन्द्रीय महाधिवेशन गर्ने भएको र त्यस भन्दा पहिले सबै शाखाको सम्मेलन गर्नुपर्ने वाध्यता आइपरेपछि २०६१ माघ २ गते दोस्रो सम्मेलन गर्न पर्ने भयो । पहिलोपल्ट निर्विरोध निर्वाचित पदाधिकारकीले जम्मा ७ महिने कार्यकाल पुरा गरेका थिए । प्राविधिक प्रक्रिया पुरा गर्नकै लागि दाङ जिल्लाका वरिष्ठ पत्रकार सुशील गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न दोश्रो सम्मेलनले पनि नारायणप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचन गर्‍यो । उपाध्यक्षमा मनोज पौडेल, सचिव भेषराज पाण्डे, कोषाध्यक्ष भोजराज खनाल र सदस्यहरुमा सिर्जना सुवेदी, सरोज अर्याल, बनारसी वर्मा, विकास बन्जाडे र लक्ष्मणदेव पाण्डे रहनु भएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा ईन्द्रमणि पौडेल, नेत्र पन्थी, नन्दराम पौडेल, पार्वती पाण्डे र टेकराज पौडेल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

तेश्रो जिल्ला सम्मेलन ०६४ कार्तिक ३ गते
भेषराज पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको चयन भएको थियो । उपाध्यक्षमा बनरसी बर्मा, सचिव किरणमान बज्राचार्य, सहसचिव सिर्जना सुवेदी, कोषाध्यक्ष सिपी खनालकोको मृत्युपछि रमेश मिश्र रहनु भएको थियो । त्यस्तैगरी सदस्यहरुमा सरस्वती पौडेल, माधव भाट क्षेत्री, स्वेता गिरी, गोपाल भण्डारी, यादव भुसाल रहनु भएको थियो ।

चौथो जिल्ला सम्मेलन ०६७ फागुन १२ गते
मनोज पौडेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समितिको चयन भएको थियो । जसमा उपाध्यक्ष वनारसी बर्मा, सचिव वसन्त गिरी, सहसचिव पार्वती पाण्डे र कोषाध्यक्षमा हरि अधिकारी चुनिएका थिए । त्यस्तैगरी सदस्यहरुमा गोपाल भण्डारी, तुलसीराम यादव, सुमन सुस्केरा, सिताराम चौधरी, सरस्वती पौडेल, शीतल आचार्य, डिलाराम भुसाल र बाबुराम रायमाझी निर्वाचित भएका थिए । सल्लाहकारमा निशा विक, नारायण पौडेल, भेषराज पाण्डे र विकास बञ्जाडेलाई मनोनयन गरिएको थियो ।

पाँचौं जिल्ला सम्मेलन ०७० कार्तिक ७ गते
वसन्त गिरीको अध्यक्षतामा १५ सदस्यी कार्य समिति चयन गरिएको थियो । उपाध्यक्ष किरणमान बज्राचार्य, सचिव कृष्णप्रसाद ढकाल, सह–सचिव शीतल आचार्य, कोषाध्यक्ष रमेश मिश्रा सहित सदस्यहरुमा राजेश चौधरी, मणिप्रसाद गैरे, खगप्रसाद चापागाई, राजु खराल, शम्भू शैनी, मोहन बेल्बासे, आशा अधिकारी, नरसिंह कहार, चिन्ताबहादुर दर्जी, सोनकली थारु हुनुहुथ्यो ।

तीन सदस्यीय सल्लाहकारमा नारायण पौडेल, मनोज पौडेल र पार्वती पाण्डे रहनु भएको थियो ।

छैटौं जिल्ला सम्मेलन ०७३ फागुन १२ गते
डिलाराम मुसालको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन भएको थियो । उपाध्यक्षद्वय सरोज अर्याल र पार्वती पाण्डे, सचिव हरि अधिकारी, सहसचिवद्वय मोहन बेल्वासे र शम्भु मालीशैनी, कोषाध्यक्षमा दिपक खडका निर्वाचित भएका थिए । सदस्यहरुमा रमेश मिश्रा, जानु पाण्डे, संजीव गहतराज, मनिष कार्की, सरस्वती पौडेल, अर्जुन बेल्वासे, रामप्रकट कोरी, शारदा केसी, सनिउल्लाह धोवी, वसन्त वञ्जाडे, मणि गैरे र शान्ता परियार रहेका थिए । चारजना सल्लाहकारमा वसन्त गिरी, नारायणप्रसाद पौडेल, भेषराज पाण्डे र मनोज पौडेललाई मनोनयन गरिएको थियो ।

सातौं जिल्ला सम्मेलन ०७७ चैत २५ गते
किरणमान बज्राचार्यको अध्यक्षतामा १८ सदस्यीय कार्य समित चयन भएको थियो । उपाध्यक्षद्वय हरि अधिकारी रस्वेता योगी, सचिव जानु पाण्डे, सह–सचिवद्वय सञ्जीव गहतराज र राजेश चौधरी (समावेशी) कोषाध्यक्ष मोहन बेल्बासे रहनु भएको थियो । सदस्यहरुमा पार्वती आचार्य, मनिष कार्की, दिपक कुँवर, नारायण भट्टराई, दिलिप कुमार यादव, कृष्ण पौडेल, मणिप्रसाद गैरे, महिला सिर्जना खनाल, मधेशी मनिष गुप्ता, दलित रामप्रकट कोरी, अल्पसंख्यक नारद कोहार,

प्रदेश परिषद सदस्य :
भोजराज खनाल, थानेश्वर अधिकारी, केहरसिंह अदै, कृष्णप्रसाद पौडेल क, शीतल आचार्य, उमाशंकर थारु, यज्ञ पौडेल, भूपाल थापा, सरस्वती पौडेल, परशुराम यादव, कृष्णप्रसाद ढकाल, डा. सतिष उपाध्याय,

राष्ट्रिय परिषद सदस्य :
लक्ष्मणप्रसाद बेल्वासे, सरोज अर्याल, शशिधर सापकोटा, मनोज श्रीवास्तव

आठौं जिल्ला सम्मेलन, ०८१ मंसिर २९ गते
डिलाराम भुसालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति कार्यरत छ । उपाध्यक्षद्वय खगप्रसाद चापागाई र दीपा महत, सचिव सनिउल्लाह धोवी, सह–सचिवत्रयमा कृष्णप्रसाद पौडेल, पिताम्बर घिमिरे (हरि) र नारद कोहार (समावेशी), कोषाध्यक्षमा मोहन बेल्वासे हुनुहुन्छ । त्यस्तैगरी सदस्यहरुमा बाबुराम रायमाझी, अशोक पौडेल, माधव बेल्वासे, वाशुदेव बर्मा, रामप्रकट कोरी, अनिलकुमार माली, भगवती न्यौपाने, शिवकुमार ढाडी र सोमकुमारी चौधरी थारु रहनु भएको छ । ६ जना सल्लाहकारमा नारायण पौडेल, भेषराज पाण्डे, मनोज पौडेल, वसन्त गिरी, किरणमान बज्राचार्य र पार्वती पाण्डेको मनोनयन गरिएको छ ।