संगठन निर्माण
जिल्लाबाट कुनै पत्रिका प्रकाशन नभएका बेलामा पनि राजधानी र देशका अन्य भागबाट प्रकाशित हुने पत्रिकामा समाचार सम्प्रेषण गरी पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने लहर चलेपछि कपिलवस्तुमा नेपाल प्रेस युनियन र प्रेस चौतारीका शाखा गठन गर्ने काम भएका थिए । जसअनुसार २०५५ सालमा प्रेस युनियन र २०५६ सालमा प्रेस चौतारीको कपिलवस्तु शाखा गठन गरिएको दुबै सस्थाका हालका अध्यक्षद्वयले बताउनु भएको छ ।
पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखा र सम्मेलन
पत्रकारिता क्षेत्रमा लाग्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएपछि २०५९ चैत्र २६ गते छरिएर रहेका पत्रकारहरुलाई...