– नारायणप्रसाद पौडेल,
कपिलवस्तु जिल्लाको पत्रकारिताको इतिहास त्यति पुरानो छैन । ०३३ सालतिर बुद्धपद्म मा.वि.का लेखा शिक्षक मेघराज ज्ञवालीले कहिलेकाहिँ मातृभूमि र खसोखास साप्ताहिक सहित दैनिक सिद्धार्थमा समाचार पठाउने गरेको विषय भेटघाटका क्रममा बताए पनि पत्रकारचाहिँ नभएको जानकारी गराउनु भएको छ । त्यस भन्दा पहिलेका अरु कोही रहेको, भएको कतै अभिलेख छैन, भेटिएन, खोज्दा पाइको छैन । पञ्चायतकालमा रामवरण शर्माले वकालत पेशासँगै पत्रकारिता गर्नुहुन्थ्यो । विष्णुकुमार श्रेष्ठले पनि वकालत पेशाका साथै रासस प्रतिनिधि भएर काम गर्नुहुन्थ्यो । निजी क्षेत्रका अखबारहरुमा समाचार, कविता, कथाका साथै लेख पठाउनु हुन्थ्यो नारायण पौडेलले । औपचारिक रुपमा दैनिक लुम्बिनीको पत्रकार बनेर ०४५ सालबाट काम गर्नुभएको हो पौडेलले पनि ।
२०४७ सालबाट अवस्था सहज भयो, बहुदलीय व्यवस्थाको प्ुनःस्थापना हुनाले । २०४८ सालबाट मनोज पौडेल थपिनु भयो । अहिले पुराना पत्रकारका रुपमा हेर्दा रामवरण शर्मा यो लोकमा हुनुहुन्न, विष्णुकुमार श्रेष्ठले २०४८ सालपछि पत्रकारिता पेशालाई निरन्तरता दिनु भएन । २०४८ सालतिरै छोटो समयमा तेजिलो घामझैं उदाएर अस्ताएका कृष्णनगरका पत्रकार स्वर्गीय दुर्गा गुप्तालाई पनि इतिहास लेखनका क्रममा भुल्न मिल्दैन । बाँकी दुईजना पौडेलको पत्रकारिता पेशा निरन्तर चलिरहेको छ । अहिले भेटिएको पुरानो इतिहास यत्ति हो । अरु खोजकर्ताको जिम्मा ।
२०५० को दशकमा पत्रकारिता पेशामा आएर निरन्तरता दिन नसक्नेहरुको नाम लिनुपर्दा लक्ष्मण पन्थी, चक्रबहादुर क्षेत्री, गुणानिधी भुसाल, नरहरि भट्टराई, शिखा जयसवाल, प्रकाश ज्ञवाली, कालिपद शर्मा (जन्सन), रविन्द्रनाथ ठाकुर, सन्तराम गुप्ता आदिलाई सम्झिनुपर्ने हुन्छ । निरन्तरता दिनेमा सरोज अर्याल यसै पिढीका पर्नुहुन्छ ।
२०५५ सालपछि यस पेशामा प्रवेश गर्नेहरुमा सञ्जय मल्ल, श्याम आचार्य, शशीधर सापकोटा, नारायण खनाल, ईन्द्रमणि पौडेल, शिव पौडेल, टेकराज पौडेल, बाबुराम खनाल, चक्रपाणि अर्याल, नन्दराम पौडेल, गिरिराज घिमिरे, भेषराज पाण्डे, पवन अर्याल, गोपाल भण्डारी, बनारसी वर्मा, दामोदर कोइराला, सुरेन्द्रराज लम्साल, राघवेन्द्रकुमार श्रीवास्तव, राजेश ज्ञवाली आदिलाई लिन सकिन्छ ।
पत्रिका प्रकाशन
बहुदलको आगमनसँगै पत्रकारिता पेशामा पस्नेको संख्या बढे पनि कपिलवस्तु जिल्लामा प्रकाशित पहिलो पत्रिकाको नाम लिनपर्दा सोमेश्वर साप्ताहिकलाई सम्झिन पर्ने हुन्छ । गिरिराज घिमिरे सम्पादक/प्रकाशक रहेको सो पत्रिका २०५८ पुस १ गतेबाट प्रकाशित भएर विविध कारणले २०६४ असारदेखि बन्द छ । गीता घिमिरे सह–सम्पादक र हुमबहादुर कुँवर कानुनी सल्लाहकार रहेको सोमेश्वरले सिर्जना सुवेदी, शीतल आचार्य, केशव घिमिरेलाई पत्रकारका रुपमा समाजमा ल्याउने काम गरेको सम्पादक गिरिराज घिमिरेको भनाई छ । २०६४ सालको सुरुमै बाणगंगा दैनिक पत्रिका दर्ता गराएर प्रकाशनको तयारी गरेको, तर सफल हुन नसकेको बताउनु हुन्छ घिमिरे ।
जिल्लाको दोस्रो पत्रिकाको नाम लिनुपर्दा साप्ताहिक कपिलवस्तु सन्देशलाई सम्झिनुपर्छ । २०६३ असोज १३ गते बुधबारबाट नियमितरुपमा प्रकाशित सो पत्रिकाका सम्पादक/प्रकाशक कृष्णप्रसाद ढकाल हुनुहुन्छ भने सहसम्पादक किरणमान बज्राचार्य र उपसम्पादक सज्जय पन्थी रहनुभएको छ । सल्लाहकारत्रयमा नारायणप्रसाद पौडेल, मनोज पौडेल र बासुदेव जमरकट्टेल रहनुभएको छ । सो पत्रिकाले कृष्णनगरमा ईमरान खाँ, बहादुरगन्जमा विजय गुप्ता, चन्द्रौटामा सन्जीव शर्मा, जितपुरमा कृष्ण पौडेल, गोरसिंहियामा रमेश रेग्मी, पकडीमा बरुण बरई, तौलिहवामा अन्जु लामिछाने, शान्ता जी सी., चिरजीवी तिमिल्सिना र मणि गैरेलाई पत्रकारका रुपमा स्थापित गराउन प्रयास गरेको सम्पादक कृष्ण ढकालको भनाई छ ।
२०६४ साल बैशाख २८ गतेबाट प्रकाशन शुरु गरेको साप्ताहिक बुद्ध आवाज जिल्लाको तेस्रो पत्रिका भएको छ । कपिलवस्तु मिडिया एजेन्सी नेपाल (कमन) द्वारा प्रकाशित यस पत्रिकाको सम्पादक कुलराज भुसाल हुनुहुन्छ । पोमनारायण पौडेल अध्यक्ष रहेको यो पत्रिकाका सल्लाहकारद्वयमा दानबहादुर चौधरी र पुरुषोत्तम आचार्य हुनुहुन्थ्यो । नारायणप्रसाद पौडेल अतिथि सम्पादक, नन्दराम पौडेल प्रबन्ध सम्पादक, ठाकुरप्रसाद पोखेल उपसम्पादक, यादव भुसाल कार्यकारी सम्पादक र शरद अधिकारी सहसम्पादक रहेको सो पत्रिकाले सीताराम चौधरी, निसा वि.क., मीना परियार, जानु पाण्डे, हरि अधिकारी, गीता गैरे, परशुराम यादव, तुलसीराम यादव, गंगाराम यादव र सरस्वती पौडेललाई पत्रकारका रुपमा स्थापित गराउन प्रयास गरेको सम्पादक भेषराज पाण्डेको भनाई छ ।
४) मणिप्रसाद गैरे सम्पादक रहेको कपिलवस्तु दर्पण साप्ताहिक
५) हेमराज शर्मा सम्पादक रहेको शिवगढी सन्देश साप्ताहिक, हाल सञ्चालनमा नरहेको
६) मनोज पौडेल सम्पादक रहेको उज्यालो खबर साप्ताहिक, हाल सञ्चालनमा नरहेको
७) बृजराज कुशवाहा प्रधान सम्पादक रहेको साप्ताहिक प्रादेशिक समाचार, हाल सञ्चालनमा नरहेको
८) नारद कोहार कार्यकारी सम्पादक रहेको साझा न्युज साप्ताहिक
९) श्याम सि.टि. सम्पादक/प्रकाशक रहेको बुद्ध सनेश साप्ताहिक, हाल सञ्चालनमा नरहेको
१०) दिपक अनुरागी सम्पादक/प्रकाशक रहेको आर्थिक खबर साप्ताहिक, हाल सञ्चालनमा नरहेको
११) मोहन बेल्वासे प्रकाशक रहेको लुम्बिनी दर्पण साप्ताहिक,
१२) तुलसीराम यादव प्रकाशक रहेको कपिलवस्तु जागरण साप्ताहिक, हाल सञ्चालनमा नरहेको
दैनिक पत्रिका :
बुद्ध दर्पण दैनिक, सम्पादक : पार्वती पाण्डे
मासिक :
पत्रिका प्रकाशनको इतिहास लेख्दा २०५९/०६० तिर केही समय बुद्धनगरी मासिक पत्रिका केही अंक प्रकाशित भई बन्द भएको बिर्सन सकिदैन । शैलेन्द्रमणि त्रिपाठी त्यस पत्रिकाका सम्पादक हुनुहुन्थ्यो । मासिक पत्रिकाको इतिहासमा जिल्लाको पहिलो पत्रिका हो त्यो ।
एफ.एम. रेडियो
आधुनिक सञ्चारको विकासका क्रममा अरुको प्रगति देखेर कपिलवस्तुका संघ– संस्थालाई पनि सँगै जाने बाटो बनाउन उत्साह प्रदान गर्यो । त्यसैले सनसाइन सामाजिक विकास संस्था धन्कौलीले २०६३ असोजमा सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेघाहर्ज प्रसारण गर्ने अनुमति लियो । पहिलो रेडियो मान्नु पर्छ यसलाई । निरन्तर चलिरहेको छ । अहिले सत्रुघन खरबिन्द्र व्यवस्थापन गर्नु भएको छ ।
२) सामुदायिक रेडियो बुद्ध आवाज ९६.६ मेघाहर्ज : व्यवस्थापक – भेषराज पाण्डे
३) सामुदायिक रेडियो भ्वाइस १०४.५ मेघाहर्ज : गीता पौडेल,
४) सामुदायिक रेडियो तिलौराकोट १०७.६ मेघाहर्ज : व्यवस्थापक – अनिलकुमार तिवारी, हाल सञ्चालनमा नरहेको
५) सामुदायिक रेडियो समानता १०५.४ मेघाहर्ज : व्यवस्थापक – राजु खराल, हाल सञ्चालनमा नरहेको
६) सामुदायिक रेडियो परिवर्तन ८९ मेघाहर्ज : व्यवस्थापक – भूपाल थापा
७) सामुदायिक रेडियो मायादेवी : व्यवस्थापक – हरि घिमिरे
८) सामुदायिक रेडियो वाणगंगा : व्यवस्थापक – गणेश पोख्रेल
९) सामुदायिक रेडियो संस्कृति : व्यवस्थापक – विष्णुकुमारी मिश्रा, हाल सञ्चालनमा नरहेको
१०) सामुदायिक रेडियो शिवराज : व्यवस्थापक – दिपक केसी,
१२) रेडियो हुदा : व्यवस्थापक – अब्दुल मतिम मुसलमान, हाल सञ्चालनमा नरहेको
१३) मेरो साथी एफ्.एम. : व्यवस्थापक – चिन्ता परियार
१४) हटबिट एफ.एम. : व्यवस्थापक – अशोक पौडेल
१५) रेडियो विजयनगर : रामप्रकट कोरी
टेलिभिजन :
१) बुद्ध आवाज टेलिभिजन, वाणगंगा न.पा.–४, गजेहडा
२) नमस्ते टेलिभिजन, ,, ,,
अनलाईन पत्रकारिता :
१) प्रेस पाटी : भेषराज पाण्डे
२) बैखरी : अशोक पौडेल
३) मायादेवी अनलाइन : हरि अधिकारी
४) वुद्धभूमि मिडिया प्रा.लि. प्रताप ज्ञवाली
५) जनहित अनलाइन : अनिता क्षेत्री र चेतन विष्ट
६) साझा कुरा अनलाइन : राजेन्द्र खनाल
७) पालिका पत्र : हरि घिमिरे
८) पहिलो पाइला : गणेश पोख्रेल
९) साझा डायरी : पशुपति गिरी
१०) जनआवाज : नारायण पाण्डे
११) न्युज सेन्टर नेपाल : सनिउल्लाह धोवी
१२) मोफसल खबर : कृष्ण थापा
१३) एस्एम न्युज : अजय सहानी
१४) नीलो मसी : मनिषकुमार गुप्ता
१५) शिवराज : मनिष गुप्ता
१६) कपुरी : शरद अधिकारी
१७) ईसाझा न्यूज : गोपाल भण्डारी
१८) लुम्बिनी दर्पण : मोहन बेल्वासे
१९) लुम्बिनी हब : कृष्णप्रसाद पौडेल
२०) कपिलवस्तु टायम्स :
संगठन निर्माण
जिल्लाबाट कुनै पत्रिका प्रकाशन नभएका बेलामा पनि राजधानी र देशका अन्य भागबाट प्रकाशित हुने पत्रिकामा समाचार सम्प्रेषण गरी पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने लहर चलेपछि कपिलवस्तुमा नेपाल प्रेस युनियन र प्रेस चौतारीका शाखा गठन गर्ने काम भएका थिए । जसअनुसार २०५५ सालमा प्रेस युनियन र २०५६ सालमा प्रेस चौतारीको कपिलवस्तु शाखा गठन गरिएको दुबै सस्थाका हालका अध्यक्षद्वयले बताउनु भएको छ ।
पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखा र सम्मेलन
पत्रकारिता क्षेत्रमा लाग्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएपछि २०५९ चैत्र २६ गते छरिएर रहेका पत्रकारहरुलाई एकत्रित गर्ने र कपिलवस्तु जिल्लामा पत्रकार महासंघको शाखा गठन गर्ने उद्देश्यले जिल्लाभरिका पत्रकारहरुलाई बोलाएर पहिलोपटक सामुहिक भेलाको आयोजना गरियो । २४ जना क्रियाशील पत्रकारको उपस्थिति रहेको उक्त भेलाले कपिलवस्तुमा कार्यरत तर रुपन्देही जिल्लाबाट महासंघको केन्द्रीय प्रतिनिधि रहनु भएका नारायणप्रसाद पौडेललाई शाखा गठनको पहल गर्ने जिम्मेवारी सुम्पेको थियो । तत्पश्चात् महासंघको विधानअनुसार प्रक्रिया पुरा गरी परेका आवेदनअनुसार पत्रकार महासंघको २०६०।८।१६ मा बसेको केन्द्रीय समितिको बैठकले २८ जनालाई महासंघको सदस्यता र कपिलवस्तु शाखालाई मान्यता प्रदान गरी सम्मेलन गर्नका लागि नारायणप्रसाद पौडेलको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गर्यो । तदर्थ समितिका सहसंयोजक टेकराज पौडेल, सचिव मनोज पौडेल, कोषाध्यक्ष सिर्जना सुवेदी र सदस्यहरुमा क्रमशः नेत्र पन्थी, सरोज अर्याल र गिरिराज घिमिरे रहनु भएको थियो । यही तदर्थ समितिलाई कपिलवस्तु जिल्लामा पत्रकार महासंघको संस्थापक समिति मान्नपर्ने हुन्छ ।
प्रथम जिल्ला सम्मेलन
महासंघको विधान अनुसार शाखा मान्यता पाएको ६ महिनाभित्र सम्मेलन गर्नुपर्ने भएपछि २०६१ साल असार ५ गते प्रथम जिल्ला सम्मेलन सम्पन्न भयो । महासंघका केन्द्रीय सचिव महेन्द्र विष्ट र दाङका वरिष्ट एवं सम्मानित पत्रकार नारायणप्रसाद शर्माको आतिथ्यतामा सम्पन्न सो सम्मेलनले नारायणप्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी निर्बिरोध निर्वाचन गर्यो । सो कमिटिको उपाध्यक्ष मनोज पौडेल, सचिव भेषराज पाण्डे, कोषाध्यक्ष भोजराज खनाल र सदस्यहरुमा नन्दराम पौडेल, सिर्जना सुवेदी, विकास बञ्जाडे, बनारसी वर्मा, सरोज अर्याल, नेत्र पन्थी र लक्ष्मणदेव पाण्डे रहनु भएको थियो । त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा इन्द्रमणि पौडेल, बाबुराम खनाल, टेकराज पौडेल, पार्वती पाण्डे र रामप्रसाद आचार्य निर्विरोध निर्वाचित हुनुभएको थियो ।
दोस्रो जिल्ला सम्मेलन
प्रथम सम्मेलन भएको केही महिनापछि महासंघले केन्द्रीय महाधिवेशन गर्ने भएको र त्यस भन्दा पहिले सबै शाखाको सम्मेलन गर्नुपर्ने वाध्यता आइपरेपछि २०६१ माघ २ गते दोस्रो सम्मेलन गर्न पर्ने भयो । पहिलोपल्ट निर्विरोध निर्वाचित पदाधिकारकीले जम्मा ७ महिने कार्यकाल पुरा गरेका थिए । प्राविधिक प्रक्रिया पुरा गर्नकै लागि दाङ जिल्लाका वरिष्ठ पत्रकार सुशील गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न दोश्रो सम्मेलनले पनि नारायणप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचन गर्यो । उपाध्यक्षमा मनोज पौडेल, सचिव भेषराज पाण्डे, कोषाध्यक्ष भोजराज खनाल र सदस्यहरुमा सिर्जना सुवेदी, सरोज अर्याल, बनारसी वर्मा, विकास बन्जाडे र लक्ष्मणदेव पाण्डे रहनु भएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा ईन्द्रमणि पौडेल, नेत्र पन्थी, नन्दराम पौडेल, पार्वती पाण्डे र टेकराज पौडेल निर्विरोध निर्वाचित हुनुभएको थियो ।
तेश्रो जिल्ला सम्मेलन ०६४ कार्तिक ३ गते,
भेषराज पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको चयन भएको थियो । उपाध्यक्षमा बनरसी बर्मा, सचिव किरणमान बज्राचार्य, सहसचिव सिर्जना सुवेदी, कोषाध्यक्ष सिपी खनालकोको मृत्युपछि रमेश मिश्र रहनु भएको थियो । त्यस्तैगरी सदस्यहरुमा सरस्वती पौडेल, माधव भाट क्षेत्री, स्वेता गिरी, गोपाल भण्डारी, यादव भुसाल रहनु भएको थियो ।
चौथो जिल्ला सम्मेलन ०६७ फागुन १२ गते,
मनोज पौडेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समितिको चयन भएको थियो । जसमा उपाध्यक्ष वनारसी बर्मा, सचिव वसन्त गिरी, सहसचिव पार्वती पाण्डे र कोषाध्यक्षमा हरि अधिकारी चुनिएका थिए । त्यस्तैगरी सदस्यहरुमा गोपाल भण्डारी, तुलसीराम यादव, सुमन सुस्केरा, सिताराम चौधरी, सरस्वती पौडेल, शीतल आचार्य, डिलाराम भुसाल र बाबुराम रायमाझी निर्वाचित भएका थिए । सल्लाहकारमा निशा विक, नारायण पौडेल, भेषराज पाण्डे र विकास बञ्जाडेलाई मनोनयन गरिएको थियो ।
पाँचौं जिल्ला सम्मेलन ०७० कार्तिक ७ गते,
वसन्त गिरीको अध्यक्षतामा १५ सदस्यी कार्य समिति चयन गरिएको थियो । उपाध्यक्ष किरणमान बज्राचार्य, सचिव कृष्णप्रसाद ढकाल, सह–सचिव शीतल आचार्य, कोषाध्यक्ष रमेश मिश्रा सहित सदस्यहरुमा राजेश चौधरी, मणिप्रसाद गैरे, खगप्रसाद चापागाई, राजु खराल, शम्भू शैनी, मोहन बेल्बासे, आशा अधिकारी, नरसिंह कहार, चिन्ताबहादुर दर्जी, सोनकली थारु हुनुहुथ्यो ।
तीन सदस्यीय सल्लाहकारमा नारायण पौडेल, मनोज पौडेल र पार्वती पाण्डे रहनु भएको थियो ।
छैटौं जिल्ला सम्मेलन ०७३ फागुन १२ गते
डिलाराम मुसालको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन भएको थियो । उपाध्यक्षद्वय सरोज अर्याल र पार्वती पाण्डे, सचिव हरि अधिकारी, सहसचिवद्वय मोहन बेल्वासे र शम्भु मालीशैनी, कोषाध्यक्षमा दिपक खडका निर्वाचित भएका थिए । सदस्यहरुमा रमेश मिश्रा, जानु पाण्डे, संजीव गहतराज, मनिष कार्की, सरस्वती पौडेल, अर्जुन बेल्वासे, रामप्रकट कोरी, शारदा केसी, सनिउल्लाह धोवी, वसन्त वञ्जाडे, मणि गैरे र शान्ता परियार रहेका थिए । चारजना सल्लाहकारमा वसन्त गिरी, नारायणप्रसाद पौडेल, भेषराज पाण्डे र मनोज पौडेललाई मनोनयन गरिएको थियो ।
सातौं जिल्ला सम्मेलन ०७७ चैत २५ गते
किरणमान बज्राचार्यको अध्यक्षतामा १८ सदस्यीय कार्य समित चयन भएको थियो । उपाध्यक्षद्वय हरि अधिकारी रस्वेता योगी, सचिव जानु पाण्डे, सह–सचिवद्वय सञ्जीव गहतराज र राजेश चौधरी (समावेशी) कोषाध्यक्ष मोहन बेल्बासे रहनु भएको थियो । सदस्यहरुमा पार्वती आचार्य, मनिष कार्की, दिपक कुँवर, नारायण भट्टराई, दिलिप कुमार यादव, कृष्ण पौडेल, मणिप्रसाद गैरे, महिला सिर्जना खनाल, मधेशी मनिष गुप्ता, दलित रामप्रकट कोरी, अल्पसंख्यक नारद कोहार,
प्रदेश परिषद सदस्य : भोजराज खनाल, थानेश्वर अधिकारी, केहरसिंह अदै, कृष्णप्रसाद पौडेल क, शीतल आचार्य, उमाशंकर थारु, यज्ञ पौडेल, भूपाल थापा, सरस्वती पौडेल, परशुराम यादव, कृष्णप्रसाद ढकाल, डा. सतिष उपाध्याय,
राष्ट्रिय परिषद सदस्य : लक्ष्मणप्रसाद बेल्वासे, सरोज अर्याल, शशिधर सापकोटा, मनोज श्रीवास्तव
आठौं जिल्ला सम्मेलन, ०८१ मंसिर २९ गते,
डिलाराम भुसालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति कार्यरत छ । उपाध्यक्षद्वय खगप्रसाद चापागाई र दीपा महत, सचिव सनिउल्लाह धोवी, सह–सचिवत्रयमा कृष्णप्रसाद पौडेल, पिताम्बर घिमिरे (हरि) र नारद कोहार (समावेशी), कोषाध्यक्षमा मोहन बेल्वासे हुनुहुन्छ । त्यस्तैगरी सदस्यहरुमा बाबुराम रायमाझी, अशोक पौडेल, माधव बेल्वासे, वाशुदेव बर्मा, रामप्रकट कोरी, अनिलकुमार माली, भगवती न्यौपाने, शिवकुमार ढाडी र सोमकुमारी चौधरी थारु रहनु भएको छ । ६ जना सल्लाहकारमा नारायण पौडेल, भेषराज पाण्डे, मनोज पौडेल, वसन्त गिरी, किरणमान बज्राचार्य र पार्वती पाण्डेको मनोनयन गरिएको छ ।
उत्कृष्ट पत्रकारिता पुरस्कार
कपिलवस्तु जिल्लामा पत्रकार महासंघको स्थापना भइसकेपछि पनि पत्रकारिता पेशामा लाग्ने र पलायन हुने क्रम रोकिएको छैन । यस्तो प्रक्रियालाई रोक्न र जिल्ला/नगरमा भएका विकास निर्माणका गतिविधिको सार्वजनीकरण तथा पछौटेपनका बिरुद्ध सशक्त कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न जिविस / नगरपालिकासमक्ष अनुरोध गरियो । महासंघका शाखा सभापतिद्वारा गरिएको उक्त अनुरोध स्वीकृत भएपछि कपिलवस्तु जिविसले नेत्र पन्थी, मनोज पौडेल र विकास बञ्जाडेलाई १५ हजार नगद र प्रशंसापत्रले सम्मान गरिसकेको छ भने नगरपालिकाले नन्दराम पौडेललाई ५ हजार ५ सय नगद र प्रशंसापत्रद्वारा सम्मान गरिसकेको छ । नगरपालिकाले सरोज अर्याललाई गतवर्ष नै सम्मान गर्नुपर्नेमा विविध कारण देखाएर पछि सम्मान गर्ने जनाएको छ । यो सम्मान गर्ने परम्परा निरन्तर कायम रहने छ । हालसम्म सो पुरस्कार पाउनेहरुमा …..
महासंघको भवन बनाउने प्रयास
कपिलवस्तु नगरपालिकाले पत्रकार महासंघको भवन बनाउनका लागि वडा नं.२ मा रहेको कभर्डहल र नारी शिल्पकला केन्द्रका बीचको १० धुर जग्गा प्रदान गरेको छ । जग्गा प्राप्त भइसकेपछि भवन बनाउनका लागि जिल्ला विकास समितिले पनि २ लाख रुपियाँ महासंघलाई दिने निर्णय गरिसकेको थियो । सो ठाउँ अलि साँगुरो, सवारी साधन पार्किङ गर्न पनि गाह्रो हुने भएकोले अलि खुल्ला वातावरणमा पुनः माग गर्ने काम भयो । तत्पश्चात् चपर्तल्लामा प्राप्त जग्गामा दुईतल्लाको सुविधायुक्त भवन बनिसकेको छ । अन्य ठाउँहरुमा सूचना केन्द्र भवन बनाउने काम पनि सम्पन्न भएका छन् । जस अनुसार बाणगंगाको बोडगाउँमा, बुद्धभूमिको गोरसिंहियामा र बहादुरगञ्जमा बनेका भवनबाट त्यसक्षेत्रका पत्रकारहरुले सूचनाको आदान–प्रदान गर्नुका साथै भेटघाट, बैठक गर्न सहज भएको छ ।
प्रशिक्षण एवं स्तरोन्नतिका लागि गरिएका प्रयास
आचार संहिता सम्बन्धी कार्यक्रम त वर्षेनी गरिने परम्परा जस्तै भएको छ । त्यस बाहेक पर्यटन प्रवद्र्धनका लागि भ्रमण, विधागत प्रशिक्षण लिने/दिने कामलाई पनि निरन्तरता दिइने गरिन्छ । पत्रकारको क्षमता अभिवृद्धि, समाचार एवं फिचर लेखन, व्यवस्थापन आदि विषयमा पनि निरन्तर प्रशिक्षण दिने र लिने क्रम जारी छ ।
अक्षय कोषको स्थापना :
पत्रकारहरुको हकहितलाई प्रोत्साहन तथा आपत विपतमा परेकालाई सहयोग गर्न अक्षय कोषको स्थापना गरिएको छ । हालसम्म सो कोषमा ३३ लाख रकम जम्मा भएको छ । त्यस कोषबाट … मिति ….मा … हरुले सहयोग पाउनु भएको छ ।
पत्रकारितामा आएका उतार चढाव
पत्रकार बन्ने, केही समय काम गर्ने र छाड्नेक्रम जारी छ । एफ्.एम. रेडियो दर्ता गर्ने र केही समय चलाएर हेर्ने, धोको पनि फेर्ने, निरन्तरता दिनका लागि श्रोत र साधन जुटाउन नसकेपछि बन्द गर्ने क्रम पनि जारी छ । साप्ताहिक पत्रिका दर्ता गर्ने, केही समय चलाउने, निरन्तरता दिनका लागि श्रोत र साधन जुटाउन नसकेपछि बन्द गर्ने काम पनि भएकै छन् । यसले पत्रकारितालाई बुझ्ने मौका दिएको छ । आकर्षण र विकर्षणको परीक्षण गर्ने अवसर पनि मिलाएको छ । कति सजिलो र गाह्रो रहेछ भन्ने विषय मज्जाले बुझ्न पाएका छन् आउने र जानेहरुले । यो क्रम जारी रहने छ । जसरी हिजो एफ्.एम. रेडियो र साप्ताहिक पत्रिका चलाउनेको दौड चलेर अहिले फिल्टर हुँदै गएको छ, उसैगरी अनलाईन दर्ता गर्ने होडबाजी चलिरहेको छ । टिकटक र युटुबलाई पनि पत्रकारिताकै रुपमा परिभाषित गरेर जानेको कमी पनि छैन । कतिदिन टिक्छ टिक्दैन भन्न सकिदैन । समय अनुसार युवाहरुमा आएको उत्साहको प्रयोग र परीक्षण हो यो । यसलाई राम्रो र नराम्रो भन्न सकिदैन । समयले आफै सिकाउँछ । कसैलाई टिकाई राखेर नसक्नेलाई आफै पाखा लगाउँछ ।
सञ्चार संकट
यतिबेला प्रिन्ट मिडिया अर्थात छापा माध्यममा संकट सुरु भएको छ । हरेक व्यक्तिका हात हातमा मोबाइल र वाइफाईको पहुँचले गर्दा । अनि अनलाईन पोर्ताल, टिकटक र युटुब आदिले गर्दा पनि । रेडियो र टेलिभिजनको बाढी आउँदा पनि छापा माध्यमलाई बगाउने डर त थियो, तर त्यतिधेरै असर पारेको थिएन । अहिले त पठन संस्कृतिको अभाव छ । पत्रिका किनेर अधिकांशले पढ्दैनन् । समाचार, सूचना र सन्देश जतिबेला जहाँ जस्तो चाह्यो उस्तै पाउन सक्ने भएकाले पनि । अनि बजार नबढ्नाले, बिज्ञापन पाउने सम्भावना घट्नाले र सरकारले पनि उपेक्षा गर्नाले । प्रोत्साहन नगर्नाले । कोरोना महामारीले थलिएका अरु सवै क्षेत्रले विस्तारै पुरानै लयमा फर्कने मौका पाए पनि प्रिन्ट मिडियाले पाएका छैनन् । लेखेर जिविका चलाउने पत्रकारले पारिश्रमिक पाउने अवस्था छैन । दिनेले दिन पाएका छैनन् र लिनेले पनि अलि दबाब दिएर माग्न सक्ने अवस्था छैन । बोलेर, हेरेर, देखेर र देखाएर, सुनेर र सुनाएर पत्रकारिता गर्ने जमाना आउनाले लेखेर, छापेर, घर घरमा र बजारमा पुर्याएर, बेचेर बाँच्न गाह्रो हुने स्थिति आएको छ । त्यसमाथि एआई अर्थात् कृत्रिम वौद्धिकताले त धेरैलाई बेरोजगार बनाउने भएको छ । सवैले मिलेर समय सुहाउँदो विकल्पका बारेमा सोच्न पर्ने र उपाय खोज्न पर्ने बनाएको छ ।
कपिलवस्तुका पत्रकारहरूको नामावली
(१) नारायणप्रसाद पौडेल (२) मनोज पौडेल (३) डिलाराम भुसाल (४) भेषराज पाण्डे (५) दिपा महत (६) सरोज खनाल (७) विकास बञ्जाडे (८) नेत्र पन्थी (९) वाशुदेव वर्मा (१०) पार्वती पाण्डे (११) जानु पाण्डे (१२) मनिष कार्की (१३) घनश्याम भर (१४) पिताम्बर घिमिरे (१५) हरि आचार्य (१६) कृष्ण गैरे (१७) राजेश चौधरी (१८) राजु खराल (१९) माधव बेल्वासे (२०) शीतल आचार्य (२१) सनिउल्लाह धोवी (२२) बाबुराम रायमाझी (२३) सोना खटिक (२४) गीता पौडेल (२५) नारद कोहार (२६) किरणमान बज्राचार्य (२७) पवित्रा खनाल (२८) कृष्णप्रसाद ढकाल (२९) बलवन्तकुमार गुप्ता (३०) अनिल तिवारी (३१) गुरुदेव पौडेल (३२) सुग्रिव बरई (३३) तुलसीराम यादव (३४) अजय साहनी (३५) वसन्त गिरी (३६) सीता बेल्वासे (३७) सोनकली थारु (३८) सञ्जय पन्थी (३९) मनिष गुप्ता (४०) रामु पौडे (४१) कुलराज भुसाल (४२) निरहु यादव (४३) सुशील गैरे (४४) शिवकुमार ढाडी (४५) अनिल मल्ल (४६) जानु पाण्डे ४७) सरिता चौधरी, ४८) नवराज पौडेल, ४९) फुलमाया बस्नेत, ५०) बिनोद परियार, ५१) रीता खनाल, ५२) दिपिका सुनार, ५३) सेरिफ केसी, ५४) विकास थापा, ५५) सत्रुघन खरबिन्द, ५६ ) ठाकुर प्रसाद पोख्रेल, ५७) सोनकुमारी चौधरी, ५८) गुलाम अलि, ५९) दिपक भण्डारी, ६०) अनिलकुमार माली, ६१) भगवती न्यौपाने, ६२) कृष्ण गैरे, ६३) पार्वती आचार्य, ६४) नारायण पाण्डे, ६५) मोहन बेल्बासे, ६६) रमेश गैरे, ६७) सविना पौडेल, ६८) अराजसिंह बेल्वासे, ६९) दिपक आचार्य, ७०) बृजेशकुमार जयसवाल, ७१) भूपाल थापा, ७२) वसन्त बञ्जाडे, ७३) चिन्ताबहादुर दर्जी, ७४) सुशीला बेल्बासे, ७५) कृष्ण थापा, ७६) कृष्णप्रसाद पौडेल, ७७) रामप्रकट कोरी, ७८) सुरेन्द्र पोखे्रल, ७९) अञ्जु लामिछाने, ८०) विष्णु भुसाल विपना, ८१) सञ्जीव गहतराज, ८२) लक्ष्मण बेल्वासे, ८३) सम्भू माली, ८४) रमेशकुमार मिश्रा, ८५) मनोजकुमार श्रीवास्तव, ८६ खगप्रसाद चपागाई,
०८३ साल साउन २८ गते, तौलिहवा – कपिलवस्तु
npaudelg@gmail.com